Kathmandu Press

उपचारका लागि डा. भट्टराई नयाँ दिल्ली प्रस्थान

काठमाडौं, फागुन ९ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका उनी...
उपचारका लागि डा. भट्टराई नयाँ दिल्ली प्रस्थान

काठमाडौं, फागुन ९ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज नयाँ दिल्ली प्रस्थान गरेका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका उनी स्वास्थ्योपचारका लागि त्यहाँ गएको उनको सचिवालयले जनाएको छ।

डा. भट्टराई लामो समयदेखि पेटसम्बन्धी समस्याबाट पीडित छन् ।  ललितपुरस्थित निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका उनलाई चिकित्सकहरूले न्युरो–इन्डोक्राइनको ट्युमर हुन सक्ने बताएका थिए । सोही रोगको निदान र उपचारका लागि उनी दिल्ली गएका हुन्।

सचिवालयका अनुसार नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेसमा उनको उपचार हुनेछ।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्