Kathmandu Press

मुसहर बस्तीमा सुधारिएको चुलो

चितवन, फागुन ९ : पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई...
मुसहर बस्तीमा सुधारिएको चुलो

चितवन, फागुन ९ : पूर्वी चितवनको रत्ननगरमा रहेको सीमान्तकृत बस्तीमा सुधारिएको चुलो वितरण गरिएको छ । रत्ननगर नगरपालिका–७ मालपुरमा बसोबास गर्दै आएका मुसहर समुदायलाई शनिबार सुधारिएको चुलो वितरण गरिएको हो ।

सपना भिलेज सोसल इम्प्याक्ट सौराहा र बाघमारा मध्यवर्ती सामुदायिक वनले संयुक्तरूपमा ४२ परिवारलाई सुधारिएको चुलो वितरण गरेका हुन् । तीनवटा दाउराले दाल, भात र तरकारी सजिलै पकाउन सकिने सजिलो चुलो मुसहर समुदायलाई प्रदान गरिएको इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए ।

मुसहर बस्तीमा आयोजित कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेती, इम्प्याक्टका अध्यक्ष गिरी र बाघमारा सामुदायिक वनका अध्यक्ष जीतु तामाङले संयुक्तरूपमा मुसहर महिलालाई चुलो हस्तान्तरण गरेका हुन्।

कार्यक्रममा वनका अध्यक्ष तामाङले दाउराको प्रयोग गरेर खाना पकाउँदा महिलाको स्वास्थ्य तथा बस्ती नै कुरूप बन्दै गएकाले सुधारिएको चुलो प्रदान गरिएको बताए । कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका प्रमुख डा बाबुराम लामिछाने, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष दुर्गाप्रसाद घिमिरेलगायतको सहभागिता रहेको थियो ।
 

प्रकाशित मिति: १२:३७ बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्