Kathmandu Press

तोलामा ८०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, फागुन ९ : स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन तोलामा  ८०० ले वृद्धि भएको छ...
तोलामा ८०० ले बढ्यो सुनको मूल्य

काठमाडौं, फागुन ९ : स्थानीय बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । आइतबार छापावाला सुन तोलामा  ८०० ले वृद्धि भएको छ । 

शुक्रबार तोलामा  ८८ हजार २०० रुपैयाँमा कारोवार भएको छापावाला सुन आइतबार ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ । तेजाबी सुन शुक्रबार तोलामा  ८७ हजार ७५० रुपैयाँमा कारोवार भएकामा आइतबार ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । 

चाँदी तोलामा  एक हजार ३३० मा कारोवार भएको छ । तोलामा एक हजार ३०५ रुपैयाँमा शुक्रबार कारोवार भएको चाँदी आइतबार तोलामा  २५ रुपैयाँले वृद्धि भएको हो । 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, फागुन ९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्