Kathmandu Press

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

सिरहामा पाँच हजारले लगाए कोरोनाविरुद्धको खोप

लहान, फागुन ९ : सिरहामा ५ हजार ३५३ जनाले कोरोना भाइरस बिरुद्धको खोप लगाएका छन्। दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

सरकारले तोकेको मापदण्डभित्र परेकाले जिल्ला अस्पताल,रामकुमार उमाप्रसाद स्मारक अस्पताल र मिर्चैया प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप लगाइएको  कर्यालयका प्रमुख कृष्णणदेब यादवले जानकारी दिए। खोप लगाउनेमा स्वास्थ्यकर्मी, सुरक्षा निकाय, निजामति कर्मचारी,जनप्रतिनिधि र सञ्चारकर्मी रहेका छन्। 

प्रकाशित मिति: ११:४५ बजे, आइतबार, फागुन ९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्