उपचारका लागि दिल्ली जाँदै बाबुराम
काठमाडौं, फागुन ९ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । केही दिनयतादेखि बिरामी रहेका पूर्वप्रधानमन्त्री...
काठमाडौं, फागुन ९ : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । केही दिनयतादेखि बिरामी रहेका पूर्वप्रधानमन्त्री डा. भट्टराई उपचारका लागिआइतबार दिल्ली जान लागेका हुन् ।
भट्टराई लामो समयदेखि पेटको समस्याबाट पीडित थिए । निदान अस्पतालमा गरिएको परीक्षणमा भट्टराईमा न्युरो इन्डोक्राइनको ट्युमरको आशंका गरिएको थियो । त्यसकै उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् ।
भट्टराईको उपचार दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा हुने उनको सचिवालयले जनाएको छ । उनीसँगै पत्नी हिसिला यामी र प्रेस संयोजक विश्वदीप पाण्डे पनि दिल्ली जाँदैछन् ।
प्रकाशित मिति: ११:०६ बजे, आइतबार, फागुन ९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











