Kathmandu Press

पूर्वप्रधानमन्त्री खनाल उपचार गरेर स्वदेश फिर्ता

काठमाडौं, फागुन ८ : नेकपा (प्रचण्ड–नेपाल) समूहका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन्।भारतको राजधानी नयाँ...
पूर्वप्रधानमन्त्री खनाल उपचार गरेर स्वदेश फिर्ता

काठमाडौं, फागुन ८ : नेकपा (प्रचण्ड–नेपाल) समूहका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल नियमित स्वास्थ्य परीक्षण गरी आज स्वदेश फर्किएका छन्।

भारतको राजधानी नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नियमित स्वास्थ्य परीक्षण गराएर खनाल स्वदेश फर्किएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले बताए।

उनी पत्नी रविलक्ष्मी चित्रकारसहित गत माघ ३० गते नियमित स्वास्थ्य परीक्षणका लागि दिल्ली गएका थिए। चिकित्सकका अनुसार खनालको स्वास्थ्य अवस्था सुधार भएको स्वकीय सचिव भट्टराईले बताए।

प्रकाशित मिति: १९:५२ बजे, शनिबार, फागुन ८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्