‘उद्यमशीलताको विकासबाट मात्र समृद्धि’
पोखरा, फागुन ८ : गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन्। पोखरा–८ सिमलचौरमा...
पोखरा, फागुन ८ : गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले स्वदेशको माया गरेर उद्यमशीलतामा लाग्ने युवाबाट देशको समृद्धि सम्भव हुने बताएका छन्। पोखरा–८ सिमलचौरमा सञ्चालनमा आएको ‘सेभेन स्टार फुड एण्ड मार्ट’को उद्घाटन गर्दै उनले युवाको जोश जाँगर र सामूहिक भावनाबाट मात्र मुलुकले गति लिने बताए।
प्रदेश प्रमुख शेरचनले देशको माटोको माया गरेर जन्मभूमिमा कर्म गर्ने युवाप्रति सधै गर्व लाग्ने बताउँदै स्वदेशमा केही गर्न चाहनेलाई सबैले प्रोत्साहन गरेर हौसला दिन सबैलाई आग्रह गरे।
‘कुनै पनि पद क्षणिक हुन्, क्षणिक पदको दम्भ हुनुहुँदैन, हजुरहरु पनि करोडको मालिक भएँ भन्ने दम्भ अरुलाई नदेखाउनुस्’, प्रदेश प्रमुख शेरचनले भने, ‘सबैसँग मिजासिलो भएर कर्म गर्नुस् र आफ्नो पहिचानलाई सदा उच्च बनाउनुस् । कुनै पनि परिस्थितीमा विचलित नभइ कर्ममा विश्वास गरेर अघि बढे सफल भइन्छ।’
सो कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य राजिव पहारी, विन्दुुकुमार थापालगायतले कोभिड–१९ का कारण धेरै व्यवसायी व्यवसायबाट पलायन भइरहेका अवस्थामा सात युवाको साझा उद्देश्यले फुड एण्ड मार्ट सञ्चालनमा आउनु सकारात्मक भएको बताएका थिए ।
फुड एण्ड मार्टका अध्यक्ष राजु भुवाइँले स्वदेशमा नै केही गरौं भन्ने सामूहिक भावना भएका सात युवा साथी मिलेर रु १० करोडको लगानीमा फुड एण्ड मार्ट सञ्चालनमा ल्याएको बताए । भुवाइँसँगै कुष्ण रानाभाट, बाबुराम उपाध्याय, रामप्रसाद पौडेल, डिल्लीराम पनेरु, अर्जुन अधिकारी र सूर्यराज अधिकारीले फुड मार्टमा संयुक्त लगानी गरेका छन्।











