Kathmandu Press

 प्रधानमन्त्री ओलीलाई  विराटनगरमा कालो झण्डा

काठमाडौं । विराटनगरमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झण्डा देखाएका छन् ।ओलीसमूहले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका...
 प्रधानमन्त्री ओलीलाई  विराटनगरमा कालो झण्डा

काठमाडौं । विराटनगरमा प्रचण्ड–माधव समूहका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओलीलाई  कालो झण्डा देखाएका छन् ।

ओलीसमूहले शनिबार विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्न आएका ओलीलाई प्रचण्ड–माधव समूहका युवा विद्यार्थीले कालो झण्डा देखाएका हुन् ।

विराटनगर विमानस्थलबाट कार्यक्रमस्थलमा जाने क्रममा उनीहरूले नाराबाजी गर्दै ओलीलाई कालो झण्डा देखाएका हुन् ।

युवा विद्यार्थीले कालो झण्डा देखाउन थालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रकाशित मिति: १४:२७ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्