Kathmandu Press

के तपाईंको बच्चालाई पनि स्कुलमा साथीहरूले सताउँछन्?

मेरी छोरी दश वर्षकी थिइन्। उनलाई साथीहरू स्कुलमा ‘बुलिङ’ गर्थे।

‘बुलिङ’ अर्थात् बलशालीले निर्धोलाई अनाहक हेप्नु, सताउनु र दुःख दिनु।&....

के तपाईंको बच्चालाई पनि स्कुलमा साथीहरूले सताउँछन्?

मेरी छोरी दश वर्षकी थिइन्। उनलाई साथीहरू स्कुलमा ‘बुलिङ’ गर्थे।

‘बुलिङ’ अर्थात् बलशालीले निर्धोलाई अनाहक हेप्नु, सताउनु र दुःख दिनु। 

छोरीमा ‘बुलिङ’को मानसिक असर देखिन थालेको थियो। उनी एकलकाँटे जस्तो भएकी थिइन्। साथीहरूसँग खासै घुलमिल नहुने। अरुसँग बोल्न पनि डराउने। 
मलाई मेरी छोरी बचाउनु थियो। यसैले, मैले ‘एन्टी–बुलिङ’ रणनीति अपनाएँ। 

Hardik ivf

एक दिन छोरी साथीहरूसँग खेल्दै थिइन्। साथीहरूले फेरि उनलाई ‘बुलिङ’ गरे। छोरी रूँन थालिन्। तर, अरूले गिज्याउन छाडेनन्।

म छोरी बचाउने उपाय खोज्दै थिएँ। त्यसै क्रममा मैले बाल मनोविज्ञ इज्जी कालमनलाई सम्झिएँ। कालमनले ‘बुलिज टु बडिज : हाउ टु टर्न योर एनिमी इन्टु फ्रेन्ड्स’ पुस्तक लेखेका छन्। 

आफ्नो अपमान गर्ने व्यक्तिलाई दुश्मनको साटो साथीजस्तो व्यवहार गर्नु र प्रतिकार नगर्नु वा दुःखी नहुनु नै ‘बुलिङ’को प्रतिरोध गर्ने सबैभन्दा भरपर्दो उपाय भएको उनको निष्कर्ष छ।

कालमनसँग मैले अनलाइन सम्पर्क गरेँ। अनलाइनमै परामर्श लिएँ। उनकै सल्लाह अनुसार मैले छोरीलाई भनेँ, ‘साथीहरूलाई तिमीलाई आफूसँग खेल्न दिन्नन् भने नरिसाउनु, बरु विनम्र हुँदै भन्नु – यो स्वतन्त्र देश हो। मसँग नखेल्ने भए ठिकै छ।’

‘बुलिङ’ले दुःखी बच्चालाई यति गर्न लगाउनु पनि पहाडै चढेजस्तो देखियो। तर उनले भन्नुपर्ने ‘स्क्रिप्ट’ कण्ठ नपारेसम्म हामीले ‘रोल–प्ले’ गरिरह्यौँ। 

अर्काेपटक त्यस्तै घटना हुँदा छोरी रिसाइनन्। बिस्तारै साथीहरूले उनलाई हेप्न छाडे। अन्ततः उनले पनि साथीहरू बनाउन सकिन्। 

कालमनको रणनीति अनुसार निर्धालाई हेप्ने बलशाली बच्चालाई पनि ‘बुली’को ‘लेबल’ लगाइँदैन। कालमन विधिले दुःखी बच्चाको पक्ष लिएर वयस्क व्यक्तिलाई विद्यालयमा दबाव दिनुभन्दा बालबालिकालाई आफैं समस्या समाधान गर्न प्रोत्साहन गर्दछ। 

निश्चय पनि बच्चालाई शारीरिक आक्रमण भए, उनी त्यसलाई अपराध मान्दछन्। यस्तोमा वयस्कको हस्तक्षेप आवश्यक हुन्छ।

‘लठ्ठी र पत्थरले मेरो हाड भाँचे पनि, शब्दले मलाई मारे पनि त्यो अनुत्पादक हुन्छ भन्ने आजको सन्देश हो,’ कालमनले भने। 

कसैले तपाईंविरूद्ध अपराध गरिरहेको भए, सम्बन्धित निकायमा जानुहोस्। ‘तर कसैले तपाईंको अपमान ग¥यो वा सँगै बसेर खाना खान नचाहेकै कारण त्यसो गर्नु हुँदैन।’
नराम्रो शब्द बोलेकै आधारमा बालबालिकालाई सजाय नदिनुहोस्।

निश्चित शब्द प्रयोग गरेको भरमा बालबालिकालाई सजाय दिँदा शब्दहरू हानिकारक हुन्छन् भनेर उनीहरूले सिक्ने कालमन बताउँछन्। चित्त दुख्ने कुरा भनेकोले बालबालिकालाई वयस्कले सजाय दिए द्वेष बढ्छ। उनीहरूको हातबाट समस्याको समाधान गर्ने अवसर पनि गुम्छ।

‘कसैले पनि बालबालिकाको कठिनाइरहित जीवनको ग्यारेन्टी गर्न सक्दैन। तपाईंको सन्तानलाई जीवनको सामाजिक चुनौतिबाट सुरक्षित राख्नुहुन्छ भने, यसले उनीहरूलाई कमजोर बनाउँछ,’ उनले भने।

वयस्कले हेपाईविरूद्ध कानून नियामक निकायजसरी व्यवहार गर्नुभन्दा, बालबालिकालाई तल उल्लेख गरिएका चार तथ्य सिकाउन कालमनल सल्लाह दिन्छन्–

१)    अरूले हेप्दा दुःखी हुनु नै हेपाईको शिकार बन्नुको मुख्य कारण हो ।
२)    उनीहरू आफैंले आफैंलाई दुखी बनाइरहेका छन् ।
३)    प्रतिकार र आत्मरक्षाले हेपाई बढ्छ ।
४)    दुःखी नभए बालबालिकाको जित हुन्छ । हेपाई बन्द हुन्छ।

‘अभिव्यक्ति स्वतन्त्रताको अभ्यास गर्दा बालबालिकालाई सजाय नदिनु नै हेपाई न्युनिकरण गर्ने उपाय हो,’ कालमन भन्छन् । बोल्ने स्वतन्त्रता सबैलाई हुन्छ भनेर बालबालिकालाई सिकाए हेपाईको शक्ति कमजोर हुन्छ र बालबालिकालाई आफ्नो वकालत आफैं गर्न सक्षम बनाउँछ।

कालमनका रणनीतिहरू प्रभावकारी हुने सम्भावना छ। हेपाईका केही परिस्थितिहरू यति गम्भीर हुन्छन् कि बालबालिका एक्लैले द्वन्द्व समाधान गर्न सक्षम नभएको अनुभव गर्छन् र वयस्कको सहयोग लिनु आवश्यक हुन्छ। 

यहाँ बुलिइङ गर्ने र बुलिइङ सहनेबीच प्रायः हुने संवाद दिइएको छ। साथै, कस्तो प्रश्न वा टिप्पणीमा कस्तो जवाफ फर्काए बुलिइङ गर्नेहरू आफैं हतोत्साहित हुन्छन् भन्ने कालमनको सुझाव पनि समेटिएको छ।  

बुलिइङ गर्नेले अरुलाई होच्याउन गर्ने टिप्पणी  – ‘कति मोटो ! कसरी हिड्छौँ?’

बुलिइङ सहनेले प्रायः सोंचविचार नगरी दिने प्रतिक्रिया – ‘म मोटो छैन ।’ वा ‘चुप लाग।’

कालमनको सुझाव
‘तिमी यति दुब्लो/दुब्ली छौँ। साहै्र भाग्यमानी छौँ। किनभने मानिसहरू मोटो मान्छेलाई तुच्छ व्यवहार गर्छन्’ वा ‘मलाई मेरो शरीर मन पर्छ तर तिमीलाई मनपर्दैन भने मलाई कुनै समस्या छैन।’

बुलिइङ गर्ने – ‘फलानाले भनेको, तिमीले परीक्षामा चोर्‍यौं रे!’

बुलिइङ सहने – ‘मैले चिट चोरिनँ। त्यसले झूठ बोलेकी हुन्।’

‘अहँ, होइनँ !

‘हो । मैले चोरिनँ !’

‘यो साँचो हो भन्ने सबैलाई थाहा छ।’

‘यो सत्य होइन।’

कालमनको सुझाव

‘हो र ? साँच्चै ? तिमीलाई विश्वास लाग्छ ?’

‘लाग्दैन ।’

‘राम्रो ।’

वा, ‘हो’ भन्ने उत्तर आए।

‘ठिकै छ । तिमीलाई विश्वास गर्ने मन भए, म कसरी रोक्न सक्छु ?’

‘सक्दैनौं । त्यसैले म अब सबैलाई तिमीले चोरको भनेर सुनाइदिन्छु । तिमीले मलाई रोक्न सक्दैनौं।’

‘ठिक कुरा गर्‍यौं । म सक्दिनँ।’

बहिष्करण

बुलिइङ गर्ने – ‘म पार्टी आयोजना गर्दैछु तर तिमीलाई बोलाउँदिनँ!

बुलिइङ सहने – ‘कस्तो कुत्सित् विचार ।’ वा ‘म तिम्रो हावादारी पार्टी त्यसै पनि आउन चाहन्न।’

कालमनको सुझाव

‘निम्तो नआए म पनि आउँदिनँ । पार्टी राम्रो होस्।’

प्रकाशित मिति: ०६:५७ बजे, बुधबार, जेठ १५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्