Kathmandu Press

मकवानपुरमा निर्वाचन तयारी

वाग्मती, फागुन ८ : जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ ।जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट...
मकवानपुरमा निर्वाचन तयारी

वाग्मती, फागुन ८ : जिल्ला निर्वाचन कार्यालय मकवानपुरले आगामी वैशाखमा हुने निर्वाचनलाई लक्षित गरेर तयारी पूरा गरेको छ ।

जिल्लामा १६५ मतदानस्थलका ३३८ मतदान केन्द्रबाट मतदान गर्ने व्यवस्था मिलाइएको जनाइएको छ । सो निर्वाचनमा मकवानपुरका दुई लाख ७२ हजार ४७८ मतदाता मतदान प्रक्रियामा सहभागी हुन पाउने जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख गोविन्दप्रसाद पौडेलले जानकारी दिए ।

निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीतिसमेत तयार पारिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताए । उनले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराइने बताए । चुनावको समयमा हुने गाडीका लावा लस्कर र भोज भत्तेरलाई नियमन र नियन्त्रण गरिने उनले बताए ।

यसैबीच, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७७ को मस्यौदामा भएका व्यवस्थाका सम्बन्धमा सरोकारवालासँग अन्तक्रिया गरेको छ । कार्यक्रममा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, मकवानपुरका सुरक्षा निकायका प्रमुख, पत्रकारलगायतकाको सहभागिता थियो । 
 

प्रकाशित मिति: १०:५३ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्