बजेटमा आयकरको सीमामा हेरफेर नहुने
काठमाडौं, जेठ १४ : सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ मा आयकर भने यथावत राख्ने भएको छ।
आयकरको सिलिङको व्यापक हरेफेर भएपछि गत वर्ष....

काठमाडौं, जेठ १४ : सरकारले आगामी आर्थिक वर्ष २०७६–७७ मा आयकर भने यथावत राख्ने भएको छ।
आयकरको सिलिङको व्यापक हरेफेर भएपछि गत वर्ष सरकारले चर्को आलोचना खेपेकाले आगामी आर्थिक वर्षमा भने आयकरको सीमा यथावत राखिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ।
निजी क्षेत्रले पनि आयकरको सीमा बढाउन माग गर्दै आएका थिए। ‘निजी क्षेत्रले भने जस्तो आयकरको सीमा हेरफेर हुँदैन। यस वर्ष यथावत हुनेछ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।
गत वर्षको बजेटमार्फत सरकारले ४ लाख विवाहित र अविवाहितका लागि ३ लाख ५० हजारको सीमा तोकेको थियो। त्यसपछि ५ लाखको १० प्रतिशत र ७ लाखका लागि २० प्रतिशत आयकर तोकिएको थियो। २० लाखसम्मको सीमा ३० प्रतिशत आयकर तोकिँदा त्यसभन्दा माथि ३६ प्रतिशत आयकर तोकिएको थियो।
यता, कर्पोरेट आयकरतर्फ पनि बैंक तथा वित्तिय क्षेत्रमा ३० प्रतिशत, टेलिकम क्षेत्रमा ३० प्रतिशत उत्पादनमुलक उद्योगमा २० प्रतिशत र अन्य क्षेत्रमा २५ प्रतिशत आयकर तोकिएको थियो। ‘अहिले भएकै सीमा यस वर्ष यथावत रहने छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।











