Kathmandu Press

पाँचखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालन

काभ्रे, फागुन ८ : काभ्रेको पाँचखाल नगरपालिका–३ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले...
पाँचखालमा शहरी स्वास्थ्य केन्द्र सञ्चालन

काभ्रे, फागुन ८ : काभ्रेको पाँचखाल नगरपालिका–३ मा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा आएको छ । नागरिकलाई घरआँगनमा नै स्वास्थ्य सेवाको पहुँच पु¥याउने उद्देश्यले पाँचखाल नगरपालिकाले शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको हो।

आन्तरिक व्यवस्थापनमा ल्याइएको सेवा केन्द्र नगरपालिकाकै कर्मचारीलाई व्यवस्थापन गरेर सञ्चालन भएको नगरपालिकाले जनाएको छ । स्वास्थ्य केन्द्र उद्घाटन गर्दै नगर प्रमुख महेश खरेलले प्रत्येक नागरिकको घरघरमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले शहरी स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको बताए। उनले ६५ वर्षभन्दा माथिका उमेर समूहका आमाबुबालाई घरघरमा नै पुगेर मुस्कानसहित स्वास्थ्य सेवा दिने पनि बताए ।

वडा नं ३ का वडाध्यक्ष सुन्दर अधिकारीले स्वास्थ्य सेवा सुलभ बनाउने उद्देश्यले नागरिकलाई स्वास्थ्यको पहँुच पु¥याउनका लागि वडाको विशेष पहलमा केन्द्र स्थापना भएको बताए। स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डाक्टर नरेन्द्रकुमार झा र पाँचखाल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उज्ज्वल अधिकारीलगायतले केन्द्रबाट प्रदान गरिने स्वास्थ्य सेवाको बारेमा बताएका थिए।

प्रकाशित मिति: १०:२५ बजे, शनिबार, फागुन ८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्