Kathmandu Press

कोरोना प्रभाव कम भएसँगै आयात बढ्यो

काठमाडौं, फागुन ७ : नेपालमा विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ। कोरोना भाइरसको महामारीको प्रभाव कम हुँदै गएपछि विदेशी वस्तुको...
कोरोना प्रभाव कम भएसँगै आयात बढ्यो

काठमाडौं, फागुन ७ : नेपालमा विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ। कोरोना भाइरसको महामारीको प्रभाव कम हुँदै गएपछि विदेशी वस्तुको आयातमा वृद्धि भएको र आयातको अवस्था कोरोना महामारी पूर्वकै अवस्थामा पुगेको भन्सार विभागले सार्वजनिक गरेको एक तथ्यांकले देखाएको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो सात महिनामा आठ खर्ब तीन अर्ब ६४ करोड रुपैयाँ भन्दा बढीको आयात भएको छ । यो यत आवको पहिलो सातकै हारारीको आयात हो । गत आवको सोही अवधिमा आठ खर्ब तीन अर्ब रुपैयाँ बढीको आयात भएको थियो ।

यसैगरी चालु आवमा निर्यात ७.६१ प्रतिशतले बढेको विभागले जनाएको छ । विभागका अनुसार चालु आवको पहिलो सात महिनामा ६९ अर्ब ९१ करोड ७० लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको छ । गत आवमा सोही अवधिमा ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको स्वदेशी वस्तु निर्यात भएको थियो ।

घट्यो व्यापार घाटा

चालु आवमा नेपालको व्यापार घाटा घटेको छ । यो वर्ष व्यापार घाटामा ०.६६ प्रतिशतले सुधार भएको विभागले जनाएको छ। विभागका अनुसार चालु आवको सुरुवाती ७ महिनामा नेपालले सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ घाटा बेहोरेको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९२ र निर्यातको हिस्सा आठ प्रतिशत छ । हिस्सागत रुपमा हेर्दा आयातको मात्र ०.५७ प्रतिशतले घटेको छ ।

कुन महिना कति आयात ?

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा ८५ अर्ब ८० करोड, भदौमा ९३ अर्ब चार करोड र असोजमा एक खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको विदेशी वस्तुका आयात भएको छ। यस्तै, कात्तिकमा एक खर्ब १० अर्ब २२ करोड, मंसिरमा एक खर्ब २३ अर्ब एक करोड, पुसमा एक खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको छ । माघ महिनामा एक खर्ब ४२ अर्ब ३९ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात विभागले जनाएको छ।

सात महिनाको अवधिमा नेपालमा आयात हुने विदेशी वस्तुको पहिलो नम्बरमा पेट्रोलियम पदार्थ रहेको छ । सात महिनामा ३९ अर्ब ७० करोड रुपैयाँ बढीको डिजेल आयात भएको छ ।

प्रकाशित मिति: १७:५७ बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्