Kathmandu Press

९७ जना कोरोना संक्रमित थपिए, तीनको मृत्यु

काठमाडौं, फागुन ७ : नेपालमा थप ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा...
९७ जना कोरोना संक्रमित थपिए, तीनको मृत्यु

काठमाडौं, फागुन ७ : नेपालमा थप ९७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जना कोरोना संक्रमित थपिएका हुन् । 

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार २६३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ११४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६१९ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप तीन जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०६१ पुगेको छ।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, फागुन ७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्