Kathmandu Press

ओली सरकारले लोकतन्त्रमाथि नै हस्तक्षेप गर्न खोज्योः देउवा

काठमाडौं, जेठ १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारका कारण लोकतन्त्रमाथि नै खतराको सं....

ओली सरकारले लोकतन्त्रमाथि नै हस्तक्षेप गर्न खोज्योः देउवा

काठमाडौं, जेठ १४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाईको कम्युनिष्ट सरकारका कारण लोकतन्त्रमाथि नै खतराको संकेत देखा परेको बताएका छन्।

कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले मंगलबार काठमाडौंमा आयोजना गरेको गणतन्त्रको एक दशक विषयक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले राज्यका हरेक निकायलाई नियन्त्रणमा लिएर सरकारले लोकतन्त्रमाथि हस्तक्षेप गर्न खोजेको र यसले लोकतन्त्र नै खतरामा पर्न सक्ने बताएका हुन्।

देउवाले सरकारले कानून बनाउने नाममा लोकतन्त्र विरोधी विधेयक ल्याएको पनि बताए। सरकारले न्यायलयमा हस्तक्षेप, प्रेसलाई नियन्त्रणमा लिन खोजेको र अन्य निकायलाई पनि आफ्नो कव्जामा लिन खोजेको उनको आरोप छ। 

सभापति देउवाले सरकार प्रजातन्त्रलाई कमजोर पार्दै गलत बाटोमा हिड्न खोजे आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले त्यसका लागि तयार रहन कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले  मुलुकमा देखिएका विभिन्न समस्याको समधानका लागि कांग्रेस एकढिक्का भएर अघि बढ्नुपर्ने बताए।
 

प्रकाशित मिति: १८:५६ बजे, मंगलबार, जेठ १४, २०७६