संसद् विघटनविरुद्ध मुद्दाको बहस सकियो
काठमाडौं , फागुन ७ : सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध मुद्दाको बहस सकिएको छ ।शुक्रबार एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन...काठमाडौं , फागुन ७ : सर्वोच्च अदालतमा संसद् विघटनविरुद्ध मुद्दाको बहस सकिएको छ ।
शुक्रबार एमिकस क्युरी वरिष्ठ अधिवक्ता गीता पाठकले राय दिएपछि संसद विघटन मुद्दामा बहस सकिएको हो ।
बहस सकिएपछि फागुन १० गतेभित्र बहस नोट दिन कानुन व्यवसायीलाई आग्रह गरेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले १० गतेपछि मुद्दा हेर्दाहेर्दैमा पनि जान सक्ने र हेर्दाहेर्दैमा पनि सकिन सक्ने बताए ।
१० गतेसम्म बहस नोट आएपछि ११ गते फेरि संवैधानिक इजलास बस्नेछ ।
प्रकाशित मिति: १५:०० बजे, शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











