संसद् विघटनविरुद्धको मुद्दामा अधिवक्ता पाठकको बहस सुरु
यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए ।काठमाडौं, फागुन ७ : संसद् विघटनविरुद्धको मुद्दामा एमीकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता गीता पाठकले बहस सुरु गरेकी छिन् । क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा पाठकले सर्वोच्चको संवैधानिक इजलासमा बहस सुरु गरेकी हुन् ।
यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । बहस गरेका चार वरिष्ठ अधिवक्तामध्ये तीन जनाले विघटन गलत रहेको भन्दै संसद् पुनःस्थापना हुनुपर्ने राय दिएका थिए भने वरिष्ठ अधिवक्ता मैनालीले प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताका कारण संसद् विघटन भएको राय दिएका थिए ।
एमीकस क्युरी बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने तयारी गर्नेछ ।
प्रकाशित मिति: १२:०४ बजे, शुक्रबार, फागुन ७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











