चिनियाँ भूभागमा दुई विदेशी पर्यटकको मृत्यु
रसुवागढी, जेठ १४: रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ।
....
रसुवागढी, जेठ १४: रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार लेक लागेर मृत्यु हुनेमा भारतीय नागरिक ५९ वर्षका सुन्दरापन्डियन पन्नाय रहेका छन्।
जेठ १२ गते चिनियाँ भूभागमा मृत्यु भएको र रसुवागढी नाकाबाट नेपाल भित्र्याइएपछि शव परीक्षणका लागि स्थलमार्ग हुँदै काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए।
यस्तै, चिनियाँ मोहडाबाट सगरमाथा आरोहण गर्न गएका एक आयरल्याण्डका नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा वर्ष ५६ का केभिन्ज र्याड रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार र्याड सगरमाथा आरोहणका लागि हवाई मार्गमार्फत चीनको ल्हासा हुँदै गएका हुन्।
र्याङको शव केरूङ हुँदै रसुवागढीबाट नेपाल ल्याइएको छ। मृत्युको कारण खुल्न नसकेको र शव परीक्षणका लागि कैलाश एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ।











