Kathmandu Press

द्वन्दपीडितको समस्या सुल्झाउन विशेष कार्यदल बनाइने

काठमाडौं, फागुन ७ : माओवादी सशस्त्र द्वन्दपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने भएको छ।बिहीबार द्वन्दमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवार र घाइत...
द्वन्दपीडितको समस्या सुल्झाउन विशेष कार्यदल बनाइने

काठमाडौं, फागुन ७ : माओवादी सशस्त्र द्वन्दपीडितको समस्या सम्बोधन गर्न सरकारले विशेष कार्यदल बनाउने भएको छ।

बिहीबार द्वन्दमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवार र घाइत सुरक्षाकर्मीसँग छलफलल गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष कार्यदल बनाउने बताएका हुन्। गृहमन्त्री रामबहादुर थापासहितको उपस्थितमा प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भएको हो।

उनले अब द्वन्दका घाउलाई पूर्दै लैजानुपर्ने बताए। प्रधानमन्त्री ओलीले भने, ‘अब क्षमा र पीडितलाई आवश्यकता अनुरुपको सहयोगमार्फत् द्वन्द्वका घाउहरुलाई क्रमशः पुर्दै लैजानु पर्छ।’

राज्य पक्षका, माओवादी पक्षका तथा कुनै पनि पक्षमा नभएका नागरिक द्वन्दबाट पीडित भएका छन्। तीनै पक्षका द्वन्दपीडितको समस्या सम्बोधन गरिने प्रधानमन्त्री ओलीको भनाइ थियो।

द्वन्दमा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवार तथा घाइते सुरक्षाकर्मीले सबै पीडितको समस्या समाधान गर्न आग्रह गरेका थिए।

प्रकाशित मिति: १९:२३ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्