Kathmandu Press

विद्यार्थी र प्राध्यापकको विरोधले विश्वविद्यालयको भर्ना स्थगित

चितवन, माघ ११ : विद्यार्थी र प्राध्यापकले विरोधमा उत्रिएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्....

विद्यार्थी र प्राध्यापकको विरोधले विश्वविद्यालयको भर्ना स्थगित

चितवन, माघ ११ : विद्यार्थी र प्राध्यापकले विरोधमा उत्रिएपछि कृषि तथा वन विज्ञान विश्वविद्यालयले पशुविज्ञान, पशुचिकित्सा तथा मत्स्य विज्ञान सङ्कायको स्नातकोत्तर तहको भर्ना स्थगित गरेको छ ।

विश्वविद्यालयको डिनको कार्यालयले सूचना जारी गरी हालका लागि भर्ना प्रक्रिया स्थगित गरिएको जनाएको हो । गत माघ ५ गते लिइएको प्रवेश परीक्षामा अनियमितता भएको भन्दै प्राध्यापक र विद्यार्थीले विरोध गर्दै तालाबन्दी गरेका थिए ।

Hardik ivf

पशुविज्ञान सङ्कायका डिन डा शारदा थपलियाले प्राध्यापक र विद्यार्थीबाट गुनासो आएपछि हालका लागि भर्ना स्थगित गरिएको बताए । भर्ना प्रक्रियामा कुनै अनियमितता नभएको भन्दै उनले यस विषयमा विरोध गरिरहेका प्राध्यापक, विद्यार्थीलगायतसँग छलफल गरी भर्ना लिने बताए । आफूले विरोध जनाएकालाई वार्तामा बोलाएको बताउँदै भर्ना प्रक्रिया नियमसम्मत भएकाले कुनै समस्या नहुने उनको भनाइ छ ।

प्रवेश परीक्षामा अनियमितता भएको भन्दै विश्वविद्यालयकै प्रजातन्त्रवादी प्राध्यापक सङ्घ, नेपाल विद्यार्थी सङ्घलगायतले विरोध जनाएका छन् भने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठन र नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनले सो विषयमा छानविन गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।

 

प्रकाशित मिति: १३:०८ बजे, शुक्रबार, माघ ११, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्