Kathmandu Press

कांग्रेसलाई अदालतको फैसला मान्य हुन्छ : देउवा    

पोखरा, फागुन ६ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको पैmसला पार्टीका लागि मान्य हुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ गण्डकी...
कांग्रेसलाई अदालतको फैसला मान्य हुन्छ : देउवा    

पोखरा, फागुन ६ : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको पैmसला पार्टीका लागि मान्य हुने बताएका छन् । नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी संघ प्रदेश समितिको घोषणा कार्यक्रम उद्घाटन गर्दै उनले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताएका हुन् ।

मुलुकको प्रत्येक परिवर्तनमा मगर समुदायको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर संगठित भएर अघि बढ्नुपर्नेमा जोड दिए।

पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो संघर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताए।
     

प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्