Kathmandu Press

खोप खरिद प्रक्रिया पारदर्शी बनाउन कांग्रसको अग्रह

काठमाडौं, फागुन ६ :  नेपाली कांग्रेसले कोरोना भाइरस व्यवस्थापनमा भएको चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारको विरोध गरेको छ ।कांग्रेस महामन्त्री...
खोप खरिद प्रक्रिया पारदर्शी बनाउन कांग्रसको अग्रह

काठमाडौं, फागुन ६ :  नेपाली कांग्रेसले कोरोना भाइरस व्यवस्थापनमा भएको चरम आर्थिक दुरुपयोग, स्वास्थ्य सामाग्री खरीदमा भएको भ्रष्टाचारको विरोध गरेको छ ।

कांग्रेस महामन्त्री डा.रामशरण महतले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै  कोरोना व्यवस्थान गर्न सरकार उदासिन देखिएको र कोरोनाको प्रभाव कम हुँदै गएपनि कोरोना अझै समाप्त नभएकाले यसप्रति गम्भीर हुन आग्रह गरेका छन् ।

‘सरकारले ल्याएको सिमित आर्थिक प्याकेज पनि कागजमा सिमित भए । भ्रष्टाचार र दुरुपयोग गर्ने माथि सम्बन्धित निकायहरुले कारवाहीको प्रक्रिया अगाडि बढाउन कुनै सक्रियता देखाएका छैनन् भने सरकार यी प्रवृत्तिमा संग्लन व्यक्तिहरुलाई झन् प्रोत्साहित गर्दैछ’ , विज्ञप्तिमा भनिएको छ । कोभिड—१९ विरुद्ध आम जनतालाई खोप लगाई स्थायी रुपमा यो प्रकोपलाई रोक्न सरकारले कुनै स्पष्ट कार्य योजना नल्याएको आरोप पनि कांग्रेसले लगाएको छ।

सरकारले खोपको विश्वसनीयताको बारेमा यथेष्ट सूचना प्रवाह नगरेकाले खोप लगाउने बारेमा जनतमा आशंका कायमै रहेकाले  खोपको वितरणमा पनि पहुँचका आधारमा जथाभावी बाढिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

कांग्रसले खोप सम्बन्धी कार्ययोजनामा कुन–कुन स्रोतबाट आवश्यक खोप उपलब्ध हुने हो र ती स्रोतहरुबाट प्राप्त हुने खोप अनुदानमा आउने हो या खरीदबाट प्राप्त गर्नु पर्ने भए त्यसको पारदर्शी खरीद प्रक्रिया बारेमा पनि सरकारले आम जनतालाई विश्वासमा दिलाउन पनि माग गरेको छ ।

 

प्रकाशित मिति: १७:२८ बजे, बिहीबार, फागुन ६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्