कामचलाउ सरकारले मात्र संसद् विघटन गर्न पाउँछ : वरिष्ठ अधिवक्ता शाक्य
काठमाडौं, फागुन ६ : वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कामचलाउ सरकारले मात्र संसद् विघटन गर्न पाउने राय पेस गरेका छन् । उनले आज एमिकस क्युरीका...काठमाडौं, फागुन ६ : वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले कामचलाउ सरकारले मात्र संसद् विघटन गर्न पाउने राय पेस गरेका छन् । उनले आज एमिकस क्युरीका तर्फबाट सो राय पेस गरेका हुन्।
उनले भने, ‘संविधानले कामचलाउ सरकारलाई मात्र संसद् विघटन गर्ने अधिकार दिएको छ ।’
त्यस्तै उनले संसद्बाट अर्को प्रधानमन्त्री चयन हुने बाटो छोडेर प्रतिनिधिसभा विघटन गर्न नपाइने उनको राय छ । पार्टीको विवादका कारण संसद् विघटन गर्न नपाइने उनले राय पेस गरे । उनले भने, ‘आफ्नै नेतृत्वमा चुनाव गर्छु भनेर प्रधानमन्त्री संसद् विघटन गर्न पाउँदैनन्।’
प्रकाशित मिति: १७:२० बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











