Kathmandu Press

थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ६ : नेपालमा थप  ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ३५४१ मा ९६ जनामा कोरोना पुष्टि भएको बिहीबार...
थप ९६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ६ : नेपालमा थप  ९६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

 पछिल्लो २४ घण्टामा ३५४१ मा ९६ जनामा कोरोना पुष्टि भएको बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  जानकारी दिएको छ । 

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७३ हजार १६६ पुगेको छ।

पछिल्लो २४ घण्टामा १११ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ५९५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप दुई जनाको मृत्यु भएको छ। योसहित कोरोनाबाट मृत्यु हुनेको संख्या २०५८ पुगेको छ।

प्रकाशित मिति: १६:४६ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्