Kathmandu Press

धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरू

काठमाडौं, जेठ १४ : धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरू भएको छ।

धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी&ndash....

धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरू

काठमाडौं, जेठ १४ : धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरू भएको छ।

धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार धरहरा टावरको ‘राफ्ट फाउन्डेसन’ को काम सुरु भएको छ। श्रेष्ठले निर्माण कार्य तालिकाअनुसार नै अघि बढेको र निर्माणको क्रममा स्थानीय समुदायबाट अझ सहयोग प्राप्त भए कार्य गर्न सहज हुने बताए। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार धरहरा पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी पनि लिएका छन्। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले अवलोनकनका क्रममा धरहरा पुनर्निर्माण कार्य सन्तोषजनक गतिमा अघि बढेको पाएको बताए।
 
उनले प्राधिकरणले स्थानीय समुदायसँग समन्वय गरेर काम गरेको र पुनर्निर्माणपछि सबैभन्दा बेसी फाइदा स्थानीय समुदायलाई नै हुने भएकोले पुनर्निर्माणमा सहयोगको अपेक्षा पनि व्यक्त गरेका थिए।

प्रकाशित मिति: १६:१३ बजे, मंगलबार, जेठ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्