Kathmandu Press

प्रधानमन्त्री ओली र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुन्छः डा. भट्टराई 

काठमाडौं,  जेठ १४: प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरे....

प्रधानमन्त्री ओली र मोदीबीच द्विपक्षीय हितका विषयमा छलफल हुन्छः डा. भट्टराई 

काठमाडौं,  जेठ १४: प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय महत्वबारे छलफल हुने बताएका छन्। प्रधानमन्त्री ओली मोदीको सपथग्रहणमा सहभागी हुन बिहीबार भारत जाँदैछन्। 

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा सल्लाहकार डा. भट्टराईले बिहीबार साँझ हुने सपथग्रहणमा सहभागी भएर प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कने कार्यक्रम रहेको जानकारी दिए।

उनले भारत बसाइँका क्रममा मोदी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता हुने पनि बताए। उनले भने,‘यो प्रधानमन्त्रीको छोटो भ्रमण हो। नेपाल–भारत द्विपक्षीय महत्वका विषयमा उहाँहरुबीच सामान्य छलफल हुन्छ।’ नेपाल र भारतबीच सदियौंदेखि घनिष्ठ सम्बन्ध रहेकाले आगामी दिनमा पनि सम्बन्ध सुमधुर हुने उनको विश्वास छ। 

भट्टराईले नेपाल र भारतबीच अरुको भन्दा बढी नै चासो रहेको पनि बताए। उनले भने,‘हामीबीच बहुआयामिक सम्बन्ध छ। धेरै विषय भएकोले समस्या पनि छन्। पछिल्लो समय समस्याहरुपनि समाधानतर्फ उन्मुख छन्।’ सन् २०१८ मा तीन चार वटा विषयहरु समाधान गर्न सफल भएको उनको दाबी छ। उनले भने,‘बाँकी विषयहरु पनि द्धिपक्षीय वार्ता गरेर समाधान गर्नेतर्फ नै हामीहरु अघि बढिरहेका छौं।’

उनले नेपाल र भारतबीच अब २१ औं शताब्दीअनुसार युग सुहाउँदो सम्बन्ध कायम गर्नुपर्ने पनि जनाए। उनले भने,‘नेपाल र भारतबीच अब उदाहरणीय सम्बन्ध राख्नुपर्छ।’

फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) ले तयार पारेको प्रतिवेदन दुबै देशका प्रधानमन्त्रीले छिट्टै बुझ्ने पनि विश्वास दिलाए। उनले भने,‘हामी दुबै पक्षका सदस्यहरुले सर्वसम्मतीले प्रतिवेदन तयार पारेका हौं। भारतमा चुनाव भएकाले मोदीको व्यस्तताका कारण प्रतिवेदन बुझाउन समय लागेको हो। अब छिट्टै बुझ्नुहुन्छ।’
 

प्रकाशित मिति: १६:०६ बजे, मंगलबार, जेठ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्