चिनियाँ खोप 'भेरोसेल’ले पायो नेपालमा आपतकालीन प्रयोगको अनुमति
काठमाडौं, फागुन ६ : चीनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाएको छ । बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन...
काठमाडौं, फागुन ६ : चीनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोपले नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति पाएको छ ।
बेइजिङ इनस्टिच्युट अफ बायोलोजिकल प्रोडक्ट कर्पोरेसनले उत्पादन गरेको 'भेरोसेल’ खोपले नेपालमा आपतकालीन प्रयोगको अनुमति पाएको औषधि व्यवस्था विभागले जानकारी दिएको छ ।
खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जानकारी दिन सूचना प्रकाशित गरी विभागका अधिकारीले १७ फेब्रुअरी २०२१ मा हस्ताक्षर गरेका छन् ।
चीनले नेपाललाई पाँच लाख डोज खोप अनुदानमा दिने घोषणा गरेको छ।
प्रकाशित मिति: ११:५१ बजे, बिहीबार, फागुन ६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











