Kathmandu Press

घट्यो सुनको मूल्य

काठमाडौं, फागुन ६ : स्थानीय बजारमा बिहीबार सुनको मूल्य ६०० ले घटेको छ  ।  बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन...
घट्यो सुनको मूल्य

काठमाडौं, फागुन ६ : स्थानीय बजारमा बिहीबार सुनको मूल्य ६०० ले घटेको छ  ।  

बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। केही दिनयता सुनको मूल्य घट्दो क्रममा रहेको छ। 

यस्तै, बिहीबार तेजावी सुन तोलामा ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको छ । 

यसैबीच बिहीबार चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १३४० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार रु ५ घटेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको हो ।

प्रकाशित मिति: ११:३४ बजे, बिहीबार, फागुन ६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्