पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न अनेरास्ववियुको माग, भोलि देशभरका कलेजअगाडि प्रदर्शन
काठमाडौं, फागुन ५ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भाेलि देशभरका कलेज अगाडि प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुले सरकारले एक हप्तामा...
काठमाडौं, फागुन ५ : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले भाेलि देशभरका कलेज अगाडि प्रदर्शन गर्ने भएको छ । अनेरास्ववियुले सरकारले एक हप्तामा दुई पटक पट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रदर्शन गर्ने भएको हो ।
‘जनतालाई राहत र सहुलियत दिनुको सट्टा उनीहरुको चुलो चौकोमै वज्रप्रहार गरेर पेट्रोल , मट्टीतेल र ग्यांसमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न जोडदार माग गर्दछौं,’ विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै अनेरास्ववियुले दिउँसो १ बजे आयल निगम घेराउ तथा ज्ञापनपत्र बुझाउने भएको छ ।
प्रकाशित मिति: १९:४१ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











