Kathmandu Press

बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकको तालाबन्दी

धरान, फागुन ५ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकहरुले तालाबन्दी गरेका छन्।चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले विभिन्न माग...
बीपी प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकको तालाबन्दी

धरान, फागुन ५ : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा चिकित्सकहरुले तालाबन्दी गरेका छन्।

चिकित्सक तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले विभिन्न माग गर्दै उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेको हो। उपकुलपतिको गैरजिम्मेवारपूर्ण व्यवहार, जोखिम भत्ताका साथै बढुवालगायतका माग सुनुवाइ नभएको उनीहरुले जनाएका छन्।

महामारीमा २४सै घन्टामा सेवामा खटिएको भएपनि सेवा सुविधाबारे उपकलुपति वास्ता नगरेको उनीहरुको आरोप छ।

प्रतिष्ठानको आन्तरिक सेवाहरुको उचित व्यवस्थापनका लागि पनि तालाबन्दी गरिएको समाजका अध्यक्ष डा. विष्णु पोखरेलले बताए। पटकपटक माग राख्दा पनि सम्बोधन नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनले बताए।

 

प्रकाशित मिति: १९:०५ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्