Kathmandu Press

देशभर एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ५ : देशभर पछिल्लो २४ घन्टामा एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु...
देशभर एक सय २५ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, फागुन ५ : देशभर पछिल्लो २४ घन्टामा एक सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनीहरु ४८ देखि ७७ वर्षसम्मका छन्। योसँगै कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ७० पुगेको छ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा कसैको ज्यान गएको छैन। अहिलेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ५५ पुगेको छ।

त्यस्तै, आज संक्रमितमध्ये ९१ जना निको भएका छन्। निको हुनेको संख्या दुई लाख ६९ हजार तीन सय ९४ पुगेको छ।

बुधबारसम्म ७२ जना क्वारेन्टिनमा रहेका छन् भने ६१ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ। त्यस्तै, १३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।
 

प्रकाशित मिति: १८:२२ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्