Kathmandu Press

भागरथी बलात्कार–हत्याका अभियुक्त दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

बुधबार जिल्ला अदालत बैतडीले हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए।
भागरथी बलात्कार–हत्याका अभियुक्त दिनेशलाई पाँच दिन हिरासतमा राख्न अनुमति

बैतडी, फागुन ५ : भागरथी भट्टको बलात्कार–हत्याका अभियुक्त दिनेश भट्टलाई  ५ दिन म्याद थप गरेर अनुसन्धान अगाडि बढाउन जिल्ला अदालत बैतडीले प्रहरीलाई अनुमति दिएको छ।

बुधबार जिल्ला अदालत बैतडीले हत्या आरोपी भट्टलाई ५ दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तराज सुवेदीले जानकारी दिए।

बुधबार दिउँसो २ बजे जिल्ला प्रहरीले  पत्रकार सम्मेलन गरेर अभियुक्तलाई सार्वजनिक गरेको हो। घटनाको १३औँ दिनमा पक्राउ परेका अभियुक्त दिनेश पनि सनातन धर्म माध्यमिक विद्यालयमा पढ्थे ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया  भागरथी भट्टको शव माघ २२ गते खोचलेक–चडेपानी ग्रामीण सडकखण्डको लवलेक जंगलमा सडकबाट १ सय मिटर तल झाडीमा फेला परेको थियो। 

सनातनधर्म माविमा कक्षा १२ मा अध्यनरत उनी २१ गते बिहान १० बजे विद्यालय गएकी थिइन्। त्यही दिन बेपत्ता भएकी उनको भोलिपल्ट शव भेटिएको थियो।

प्रकाशित मिति: १६:५६ बजे, बुधबार, फागुन ५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्