नेपाली कामदार जापान पठाउने प्रक्रिया अन्योलमै
काठमाडौं, जेठ १४ : नेपालबाट पाँच हजार कामदार जापान पठाउने दुई देशबीच सहमति भएको थियो। तर, तीन महिना बितिसक्दा दुई देशबीचको सहमति अन्योलमै छ।
....
काठमाडौं, जेठ १४ : नेपालबाट पाँच हजार कामदार जापान पठाउने दुई देशबीच सहमति भएको थियो। तर, तीन महिना बितिसक्दा दुई देशबीचको सहमति अन्योलमै छ।
जापान कामदार पठाउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अप्रिल १ देखिनै संयन्त्र स्थापना गरेर काम थाल्ने बताएको थियो । गत चैत ११ भएको नेपाल–जापानबीच भएको सम्झौताअनुसार, संयन्त्र स्थापना गरेर काम थाल्नु पर्ने हो। तर, अहिलेसम्म केही भएको छैन।
‘पहिला भएको सम्झौता प्रारम्भिक मात्र हो, अहिले कुनै पनि प्रक्रिया अगाडि बढेको छैन,’ श्र्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सूचना अधिकारी केशवराज सुवेदीले भने्।
सम्झौता अनुसार जापानले पनि कोरियाले जस्तै एक संयन्त्र शाखामार्फत भाषा परीक्षा पास गरेका कामदारलाई लैजाने भनिएको थियो। संयन्त्रले अप्रिल १ देखि काम थाल्ने र भाषा परीक्षा उत्तीर्ण गर्नैपर्ने सम्झौताका क्रममा उल्लेख गरिएको थियो। त्यसपछि भने कुनै पनि कार्य अगाडि बढ्न नसकेको सुवेदीले बताए।
अप्रिलबाटै काम सुरु गर्ने बताउदै आएको भएपनि अहिले भने यहिँ अवस्थामा नेपाली कामदार जापान पठाउन नसकिने भएको छ। ‘संयन्त्र बनाएर भाषा परीक्षाबाट उत्तीर्ण विद्यार्थीलाई लैैजाने भएपनि अहिले नेपाल र जापानबीच रोजगारको विषयमा छलफल भइरहेको छ,’ सुवेदीले भने।
नेपाल–जापानबीच सम्झौता भएपछि जापानी भाषा पढ्ने कामदारको कन्सलटेन्सीहरुमा लर्को लाग्न थालेको छ। ति संस्थाले पनि जापान जाने प्रक्रिया छिट्टै सुरू हुने भन्दै महंगो रकममा जापानी भाषा अध्ययन गराइरहेका छन्।
यता भने भाषा परीक्षाको टुंगो लागेको छैन। ‘अहिले नै यो समय भन्ने अवस्था छैन, प्रक्रियामा छ,’ सूचना अधिकारी सुवेदीले भने।
यस्तो छ सम्झौता
नेपाल र जापानबीच भएको सम्झौतामा जापान जाने श्रमिकलाई जापानी कानून बमोजिम रोजगारीका सेवा, सुविधा एवं शर्तहरु जापानी नागरिक सरह पाउने उल्लेख छ। समझदारी पत्रमा सन् २०१९ को अप्रिल १ देखि १४ वटा क्षेत्रमा नेपाली श्रमिक लिने उल्लेख छ। जसमा कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङलगायतका क्षेत्र छन्।
जापानले पाँच वर्षमा झन्डै साढे तीन लाख विदेशी श्रमिक लग्दैछ। त्यसमा नौ देश छन्। नेपालबाट पाँच हजार कामदार जापान लैजाने सम्झौता भएको थियो।












-(7)-1765197040.jpg)