आजदेखि बढ्यो चिकित्सकको शुल्क
काठमाडौं, फागुन ५ : चिकित्सकले दिने परामर्श र बिरामी जाँच शुल्क आजदेखि बढाइएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थले संयुक्त...
काठमाडौं, फागुन ५ : चिकित्सकले दिने परामर्श र बिरामी जाँच शुल्क आजदेखि बढाइएको छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थले संयुक्त विज्ञप्ति निकालेर चिकित्सकको शुल्क बढेको जानकारी दिएको हो ।
परामर्श शुल्क प्रत्येक २/२ वर्षमा पुनरावलोकन गर्ने व्यवस्था छ । तर परामर्श शुल्क लामो समयसम्म पुनरावलोकन नभएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगकाे समझदारमा हेरफेर गरिएको हो ।
निर्धारित शुल्कअनुसार पाँच वर्ष अनुभवी एमबिबिएस चिकित्सकले परामर्श शुल्कबापत ४५० रुपैयाँ लिन पाउने छन् । त्यस्तै, पाच वर्ष अनुभवी एमडीचिकित्सकले ६६० रुपैयाँ शुल्क लिन पाउनेछन् ।
सूची हेर्नुहोस् :

प्रकाशित मिति: १४:१२ बजे, बुधबार, फागुन ५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











