Kathmandu Press

चितवनमा ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन, फागुन ५ : पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणकाे मृत्यु भएकाे छ। रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि हरिणकाे मृत्यु...
चितवनमा ट्रकको ठक्करबाट हरिणको मृत्यु

चितवन, फागुन ५ : पूर्व–पश्चिम राजमार्गको रत्ननगरमा ट्रकको ठक्करबाट हरिणकाे मृत्यु भएकाे छ। रत्ननगर नगरपालिका–९ सिँचाइगोट अगाडि आज बिहान ट्रकले हरिणलाई ठक्कर दिएपछि हरिणकाे मृत्यु भएकाे हो ।
 
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सूर्य थापाका अनुसार बिहान करीब ४ः३५ बजेको समयमा रौतहटबाट नुवाकोट जान आउँदै गरेको ना६ख १४६० नंको ट्रकले हरिणलाई ठक्कर दिँदा घटनास्थलमै हरिण मरेको हो ।
 
घटनापछि फरार भएका चालक र ट्रकलाई प्रहरीले भरतपुर महानगरपालिका–१ रामनगरबाट पक्राउ गरेको छ । नवलपरासीको देवचुली नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल कुमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका चालक र ट्रकलाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय चितवन पठाइएको थापाले जानकारी दिए ।

प्रकाशित मिति: १२:४६ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्