Kathmandu Press

पत्रकार महासंघको २६औं महाधिवेशन सुरु

काठमाडौं, फागुन ५ : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित...
पत्रकार महासंघको २६औं महाधिवेशन सुरु

काठमाडौं, फागुन ५ : नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ ।

‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित महासंघको महाधिवेशन सुरु भएको हो ।

राष्ट्रिय सभागृहमा उपराष्ट्रपति नन्दबहादुर पुनले महाधिवेशनको उदघाटन गरे ।

खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु हुने छ। बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ । 

विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ।

प्रकाशित मिति: १२:२२ बजे, बुधबार, फागुन ५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्