चट्याङ लागेर युवकको मृत्यु
लमजुङ, जेठ १४ : चट्याङ लागेर लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौरका १८ वर्षीय सुनिल साँखीको मृत्यु भएको छ।
सोमबार साँझ ५ बजे....

लमजुङ, जेठ १४ : चट्याङ लागेर लमजुङको मध्यनेपाल नगरपालिका–३ सूर्यपाल लामाचौरका १८ वर्षीय सुनिल साँखीको मृत्यु भएको छ।
सोमबार साँझ ५ बजे धानको बीउ राख्न खेतमा गएको बेला चट्याङ लागेको स्थानीय बासिन्दाले बताए। राति अबेरसम्म घर नफर्केपछि उनको खोजी भएको थियो।
खोजीमा गएका स्थानीय बासिन्दाले राति ११ बजे खेतमै मृत अवस्थामा भेटेको प्रहरीले जनाएको छ।
उनको कपाल, पेट, शरीरमाथिको कपडाको केही भाग डढेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक यादव ढकालले बताए।
उनी कक्षा ११ को परीक्षा दिएर बसेका थिए।
प्रकाशित मिति: ११:४५ बजे, मंगलबार, जेठ १४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार