Kathmandu Press

छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

भोजपुर, जेठ १४ : छोराको हत्या गरेको आरोपमा भोजपुरको भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्ने २५ वर्षीया सम्झना थापालाई पक्राउ गरिएको छ।

उ....

छोराको हत्या गरेको आरोपमा आमा पक्राउ

भोजपुर, जेठ १४ : छोराको हत्या गरेको आरोपमा भोजपुरको भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्ने २५ वर्षीया सम्झना थापालाई पक्राउ गरिएको छ।

उनलाई तीन वर्षीया छोरा सम्बोधनको हत्या गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनले छोराको टाउको छिनाएको प्रहरीको भनाइ छ।

आज बिहान सम्झनालाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको छ। उनको मानसिक अवस्था ठीक नभएको प्रहरीले जनाएको छ।

उनका पति सूर्य थापा काममा गएको बेला हत्या गरेको स्थानीय बासिन्दाको भनाइ छ।

प्रकाशित मिति: ११:३४ बजे, मंगलबार, जेठ १४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्