Kathmandu Press

डिलासैनी घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग 

काठमाडौं, फागुन ४ : नेपाली कांग्रेसले बैतडी जिल्लाको डिलासैनीमा आज अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमणको  निन्दा गर्दै दोषीलाई...
डिलासैनी घटनाका दोषीलाई कारबाही गर्न कांग्रेसको माग 

काठमाडौं, फागुन ४ : नेपाली कांग्रेसले बैतडीको डिलासैनीमा आज अपराह्न आयोजित कार्यक्रममा ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमणको  निन्दा गर्दै दोषीलाई कारबाही गर्न माग गरेको छ।

‘सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र व्यवहारले भूमिका खेलेको हाम्रो ठहर छ । यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिँदै नेपाली कांग्रेस डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली कांग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापालगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर कार्यक्रममा सहभागी थिए। 

नेकपा ओली समूहको आक्रमणबाट कांग्रेसका केही नेता घाइते भएका थिए।

प्रकाशित मिति: १९:२१ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्