Kathmandu Press

गंगामायाको  जीवन रक्षा गर्न सरकारलाई तीन बुँदे निर्देशन  

काठमाडौं, फागुन ४ :   राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीन बुँदे निर्देशन दिने निर्णय गरेको...
गंगामायाको  जीवन रक्षा गर्न सरकारलाई तीन बुँदे निर्देशन  

काठमाडौं, फागुन ४ :   राष्ट्रिय मानव अधिकार आयोगको आज बसेको बैठकले गंगामाया अधिकारीको जीवन रक्षाका लागि सरकारलाई तीन बुँदे निर्देशन दिने निर्णय गरेको छ ।  आयोगको कार्यालयमा आज बसेको बैठकले आयोगको उच्चस्तरीय अनुगमनबाट गंगामायाको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको पाइएकाले आवश्यक विशेष व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।     

बैठकले अनशनरत गंगामायालाई अनशन स्थगित गर्न अनुरोध गर्दै कृष्णप्रसाद अधिकारीको हत्याका सम्बन्धमा भइरहेको न्याय सम्पादन प्रक्रियालाई शीघ्र निष्कर्षमा पु¥याउने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: १९:०३ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्