Kathmandu Press

पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनर्निर्माण सम्पन्न  

काठमाडौं, फागुन ४ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनर्निर्माण गरेको छ ।          २०७४...
पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनर्निर्माण सम्पन्न  

काठमाडौं, फागुन ४ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षको अवधिमा भूकम्पले भत्किएका पुरातात्विक महत्वका ४८५ सम्पदाको पुनर्निर्माण गरेको छ ।     
     
२०७४ फागुन ३ गतेअघि ८० सम्पदा पुनर्निर्माण भएकामा त्यसपछि ४८५ पुरातात्विक सम्पदाका पुनर्निर्माण भएको प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार सिंहदरबार मूल भवन उद्घाटनपछि सार्वजनिक गरेको  ‘सरकारका तीन वर्षे प्रमुख उपलब्धि’ मा उल्लेख छ । 

२०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त राजधानीको मुटुमा रहेको रानीपोखरी प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालमा शिलान्यास भएको थियो ।

भूकम्पले भत्किएका सम्पदा पुनर्निर्माणका लागि राष्ट्रिय भूकम्प सुरक्षा दिवसका अवसरमा २०७२ माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारी र तत्कालीन प्रधानमन्त्री ओलीले संयुक्त रुपमा शिलान्यास गरे ।

प्रकाशित मिति: १८:५७ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्