प्राधिकरण र इन्फ्रास्ट्रक्चर बैंकबीच समझदारी
विराटनगर, फागुन ४ : प्रदेश नं १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ...विराटनगर, फागुन ४ : प्रदेश नं १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा भएको सो समझदारी पत्रमा प्राधिकरणको तर्फबाट निर्देशक डा. सरोज कोइराला र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले हस्ताक्षर गरे ।
प्रदेशमा हालै मात्र गठन भएको प्राधिकरणले ६० वटा योजना पहिचान गरी सूचीकृत गरिसकेको छ भने यसमा लगानी स्वदेशी तथा विदेशी लगानी कम्पनी सहभागी हुने भनिएको छ ।
सीमित साधन र स्रोतले प्रदेशको आकांक्षा पूरा गर्न समस्या हुने भएकाले नै लगानी प्राधिकरण गठन गरिएको छ र यसबाट स्वच्छ, सुखी र समुन्नत प्रदेश बनाउन मद्दत पुग्ने विश्वास लिएको छ ।
प्रकाशित मिति: १८:४३ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
