Kathmandu Press

काठमाडौंबाट विनयजंग बस्नेत पक्राउ

काठमाडौं, फागुन ४ :  विनयजंग बस्नेत काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ परेका छन् । सपना रोका मगरविरुद्ध अश्लील अभिव्यक्ति दिएको आरोपमा उनी आज पक्राउ...
काठमाडौंबाट विनयजंग बस्नेत पक्राउ

काठमाडौं, फागुन ४ :  विनयजंग बस्नेत काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ परेका छन् । सपना रोका मगरविरुद्ध अश्लील अभिव्यक्ति दिएको आरोपमा उनी आज पक्राउ परेका हुन् ।

सपनाले गत आइतबार  अश्लील अभिव्यक्ति दिएको दाबीसहित विनयजंगविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् ।

बेवारिसे लास व्यवस्थापन गरेर चर्चामा आएका सपना र विनयजंगबीच बाबु–छोरीको जस्तो सम्बन्ध रहेको बताइन्थ्यो ।

केही दिनअघि विनयजंगले सपनाका नांगा तस्बिर सार्वजनिक गर्ने भन्दै युट्युबमार्फत धम्कीसमेत दिएका थिए । 

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्