Kathmandu Press

प्रधानमन्त्री ओलीलाई मोदीको सपथग्रहणको निम्तो, बिहीबार भारत जाने

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन्।

दोस्रो....

प्रधानमन्त्री ओलीलाई मोदीको सपथग्रहणको निम्तो, बिहीबार भारत जाने
फाइल फोटो

काठमाडौं, जेठ १४ : प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी हुन भारत जाने भएका छन्।

दोस्रो कार्यकालका लागि मोदी जेठ १६ गते प्रधानमन्त्रीको सपथग्रहण गर्दैछन्। त्यसका लागि प्रधानमन्त्री ओलीलाई हिजो निम्ता आएको थियो। त्यही निम्ताेमा प्रधानमन्त्री ओली जेठ १६ गते बिहान भारत जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मोदीसँग भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार, प्रधानमन्त्री ओली जेठ १७ गते स्वदेश फर्किने छन्। यस अघि सन् २०१४ मा मोदीको सपथग्रहणमा पनि नेपालका प्रधानमन्त्रीलाई निम्तो आएको थियो। त्यसमा तत्कालीन प्रधानमन्त्री सुशील कोइराला सहभागी भएका थिए।

यस पटक पनि मोदीको सपथग्रहण समारोहमा छिमेकी देशका प्रमुखलाई निम्तो गरिएको छ। भातरीय मिडियाका अनुसार, यस पटक मोदीको सपथग्रहण समाराेहका लागि विमस्टेक राष्ट्रका प्रमुखलाई मात्रै निम्तो गरिएको छ। जसमा नेपाल, भुटान, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड सदस्य रहेका छन्।

अघिल्लो पटक भने सार्क राष्ट्रका प्रमुखलाई बोलाइएको थियो। जसमा पाकिस्तानी प्रधानमन्त्री पनि सहभागी थिए। यस पटक भने पाकिस्तानका प्रधानमन्त्रीलाई निम्तो नगरिएको जनाएको छ।

प्रकाशित मिति: १०:१७ बजे, मंगलबार, जेठ १४, २०७६