Kathmandu Press

‘कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ’ 

‘कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ’ 

काठमाडौं, फागुन ४ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता आनन्दप्रसाद ढुंगानाले संविधानमा नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले संसद् विघटन गरेको दाबी गरे । 

पौडेलले भने, ‘विगतमा राजनीतिक अस्थिरता भयो भनेर प्रधानमन्त्रीले संसद् विघटन गर्न नपाउने गरी संविधानमा व्यवस्था गरेका थियौं । तर प्रधानमन्त्री ओलीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गर्नुभयो ।’

उनले नेकपाको आन्तरिक झगडाका कारण संसद् भंग गर्नु खेदजनक भएको बताए । उनले भने, ‘नेकपाको आन्तरिक झगडाका कारण संसद् भंग पाईँदैन । देशलाई बन्धक बनाउन पाइँदैन ।’

त्यस्तै उनले आगामी वैशाख १७ र २७ गते निर्वाचन नभएमा देश अन्धकारतर्फ धकेलिने बताए । उनले भने, ‘देश अस्थिरता र अन्धकारमा जान सक्छ । त्यसको जिम्मेवारी कसले बोक्ने ? अहिलेको परिस्थिति जटिल परिस्थिति हो । कांग्रेसको आन्दोलन अन्तर्राष्ट्रिय लेभलले हेरिरहेको छ । हामीले पनि मूल्यांकन गरिरहेका छौं ।  पदमा को बस्ने, नबस्ने भनेर संसद् विघटन गर्न मिल्छ ?’

प्रकाशित मिति: १७:२८ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्