'निरंकुश प्रणाली लागू गर्न प्रतिनिधिसभा विघटन’
काठमाडौं, फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निरंकुश प्रणाली लागू गर्न खोजेको आरोप लगाइएको छ । नेपाल कम्युनिस्ट पार्टी...
काठमाडौं, फागुन ४ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर निरंकुश प्रणाली लागू गर्न खोजेको आरोप लगाइएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्रीमाथि सो आरोप लगाएका हुन् ।
उनले भने, ‘निर्वाचन गर्न यो स्टेप चालिएको होइन । मिति नतोकीकन प्रतिनिधिसभा भंग गर्न पाइँदैन । उहाँले सरकार लम्ब्याउने र निरंकुश प्रणाली लागु गर्न यो कदम चाल्नुभएको हो ।’
पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरूद्ध संयुक्त आन्दोलन आवश्यक भएको बताए । उनले भने, ‘उहाँले हठात् प्रतिनिधिसभा भंग गर्ने काम गर्नुभयो । यो घोर निन्दनीय छ । यो अलोकतान्त्रिक कदम हो । असंवैधानिक कदम हो । यो कदमको हामीले डटेर सामना र प्रतिकार गर्नुपर्छ ।’
प्रकाशित मिति: १७:१४ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











