Kathmandu Press

केपी ओलीले तीन वर्षमा जनताका लागि केही काम गरेनन् : प्रदिप पौडेल 

दैलेख , फागुन ४ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको...
केपी ओलीले तीन वर्षमा जनताका लागि केही काम गरेनन् : प्रदिप पौडेल 

दैलेख , फागुन ४ : नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा युवा नेता प्रदिप पौडेलले केपी ओली सरकारले तीन वर्षमा जनताका लागि कुनै काम नगरेको प्रतिक्रिया दिएका छन् । 

प्रतिनिधिसभा विघटनविरुद्ध दैलेखमा आयोजित विरोध प्रदर्शनमा बोल्दै नेता पौडेलले यस्तो प्रतिक्रिया दिएका हुन् । 

प्रधानमन्त्रीले ओम्नीलाई कतिवटा ठेक्कादिए र यती होल्डिङलाई कतिवटा सरकारी सम्पत्ती जिम्मा लगाए भन्ने कुरा नेपाली जनताका लागि उपलब्धिको विषय नभएको बताउँदै उनले भने, ‘ यो तीन वर्षमा केपी ओली जीले जनताका निम्ति केही पनि काम गर्नुभएन । तीनवर्षको अवधिमा यो सरकारले एउटा पनि नयाँ परियोजना ल्याएन’ । 

पौडेलले मध्य–पहाडी राजमार्ग, भैरहवा विमानस्थल, पोखरा विमानस्थल, मेलम्ची खानेपानी योजना ओली सरकारले बनाएका योजनाहरु नभएको दाबी गरेका छन् । ‘पहिले सुरु भएका योजनाहरु निरन्तर चलिरहेका थिए । यो सरकार आएपछि कमएकदमै ढिलो भयो’, उनले भने, ‘यो सरकार आउँदा मेलम्चीको कामजम्मा १०% मात्रै बाँकी थियो । तीनवर्षसम्म त्यो १०% कामपनि पूरा भएन ।’ 

कार्यक्रममा बोल्दै उनले भने, ‘तीन वर्षमा केपी ओली जीले कति पटक खोक्नुभयो, कति पटक हाछ्युँ गर्नुभयो र कति पटक अस्पताल जानुभयो ? यो नेपाली जनताको सरोकारको विषय होइन ।’  

ओली सरकारले भ्रष्टाचारीहरुलाई संरक्षण गरेको उनको भनाइ थियो । उनले संसदले पास गरेको नेपालको नक्सा केपीओलीले शिक्षामन्त्रालयले प्रकाशित गर्ने पाठ्यपुस्तकमा राख्न नदिएको पनि बताए । 

उनले केपी ओलीसँग उखान टुक्का भन्ने मात्रै क्षमता रहेको बताउँदै केपी ओली र नेकपासँग नेपाललाई समृद्ध बनाउने कुनै पनि योजना नभएको जिकीर समेत गरेका छन् ।

प्रधानमन्त्रीको रुपमाशपथलिने बेलामा  ईश्वरलाई मान्दिनभन्ने केपीओलीले संसद विघटन गरेर पशुपतिमा सुनको जलपलगाउने घोषणा गरेर नाटक गरेको पनि उनले बताए । 

कार्यक्रममा बोल्दै उनले केपीओली र विद्यादेवी भण्डारी संविधानभन्दा माथि बस्न खोजेको तर नेपालमा कांग्रेस रहँदासम्म संविधानभन्दा माथि कोही पनि बस्न नपाउने दाबी गरे । 


 

प्रकाशित मिति: १७:०६ बजे, मंगलबार, फागुन ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्