महाधिवेशनको मिति तय गर्न कांग्रेसको कार्य समितिको बैठक बुधबार बस्ने

काठमाडौं, फागुन ४ : नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक भोलि (बुधबार) दिउँसो बस्ने भएको छ । चौधौँ महाधिवेशनको मिति परिमार्जन गर्न कार्य समितिको बैठक बस्ने भएको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘त्यो समयमा महाधिवेशन नहुने भएकाले सम्भाव्य मिति तय गर्नुपर्ने भएको छ । नयाँ मिति तय गर्ने सम्बन्धमा छलफल गर्न बुधबार केन्द्रीय कार्यसमितिको बैठक बोलाइएको हो ।’
नेपाली कांग्रेसकाे केन्द्रीय कार्य समितिले फागुनको ७ गतेदेखि १० गतेसम्म महाधिवेशन गर्ने योजना बनाएको थियो ।
प्रकाशित मिति: १६:५८ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











