Kathmandu Press

मंगलबार १०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, फागुन ४ : नेपालमा थप १०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा...
मंगलबार १०५ जना कोरोना संक्रमित थपिए

काठमाडौं, फागुन ४ : नेपालमा थप १०५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । 

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १०५ जना कोरोना संक्रमित थपिएका हुन् । 

योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ९४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९९ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ३०३ पुगेको छ।

प्रकाशित मिति: १६:५२ बजे, मंगलबार, फागुन ४, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्