नेप्से दोहोरो अंकले बढ्यो, निफ्राको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार
काठमाडौं, फागुन ४ : नेप्से परिसूचक १५.५ अंकले बढेर २ हजार ६०१ अंकमा बन्द भएको छ । कारोबार रकम पनि १० अर्बमाथि रहेको छ ।...
काठमाडौं, फागुन ४ : नेप्से परिसूचक १५.५ अंकले बढेर २ हजार ६०१ अंकमा बन्द भएको छ ।
कारोबार रकम पनि १० अर्बमाथि रहेको छ । आज २०८ कम्पनीका १ करोड ७७ लाख ३२ हजार ७६५ कित्ता सेयर १० अर्ब ३ करोड ५४ लाख ५४ हजार ९५५ रुपैयाँमा खरिद बिक्री भएको छ ।
आज चन्द्रागिरी हिल्स, मिर्मिरे माइक्रोफाइनान्स, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सनराज फस्र्ट म्युचुअल फन्ड र हिमालय ऊर्जा विकासको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।
त्यस्तै, साधना लघुवित्त, पाँचथर पावर कम्पन, बरुण हाइड्रोपावरलगायतको सेयर मूल्य घटेको छ । कारोबारमा आएको तेस्रो दिन पनि निफ्राको सेयर खरिद गर्ने चाप अत्यधिक रहेको थियो ।
प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, फागुन ४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-(86)-1764936079.jpg)